विवादित ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

 भदौ २९, २०७७ सोमबार १४:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य सामग्री उपकरण खरिद प्रक्रियामा विवादित बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना निकालेर ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा साेमबारदेखि लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो । विना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरेको भन्दै सरकारको आलोचना भएपछि विभागले ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गरेको थियो ।

विभागले पनि मन्त्रालयले बनाएको कोटेशनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको स्वीकार गरेको थियो  । सरकारले ओम्नीलाई कालोसूचीमा राख्न ढिलाइ गरेपछि नागरिकस्तरबाट विरोध हुनुको साथै संसदीय समितिहरुले पनि चासो दिएका दिए । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया