२४ घण्टामा ११७० जनामा काेराेना सङ्क्रमण, १५ जनाकाे ज्यान गएकाे पुष्टि

 भदौ २९, २०७७ सोमबार १६:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।  

अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् ।

यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhuvneshwar Gauro

    Sept. 15, 2020, 3:51 p.m.

    सोझा साझा मानिसहरुलाइ डराउने काम नगरौ पत्रकार ज्यु। पि सि आर को ७०% मात्र सहि result आउनु, +ve भएपछि isolation मा राखी राम्रो हेरचाह नगर्नु साथै बोनुसमा सामाजिक हेला पाउनु यी यावत कुराहरुले गर्दा कोहि वास्तविक कोरोना पीडित भएपनि अफ्नो रोग लुकाउनु पर्ने बाध्यता छ। कतिपय अवस्थामा त स्वस्थ ब्यक्तिमा पनि कोरोना पुष्ठि भयेको देखिन्छ। साथै एउटा ब्यक्तिको एकै दिन गरिएको दुइटा test मा एउटा -ve अर्को +ve फेला पर्नु PCR test मै प्रश्नवाचक चिन्ह खडा गरेको छ । अनि यस्ता news कहिल्यै सम्प्रेशन हुदैन । मात्र TRP को लागि वाहियाद कुरा प्रकाशन हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया