अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोभिड–१९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घटेको शुल्कमा पीसीआर परीक्षण गराउन प्रयाेगशालाहरुलाई निर्देशन दिनुभएको हो ।
स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन भन्नुभएको छ ।
मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पीसीआर परीक्षणकाे अधिकतम शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।
यसअघि मन्त्रालयले पीसीआर परीक्षणकाे लागि पहिलाे पटक पाँच हजार पाँच सय र दाेस्राे पटक चार हजार चार सय रुपैयाँ तोकेको थियो । तर सरकारले दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने बताए पनि निजी अस्पतालले भने चार हजार चार सय रुपैयाँ नै लिएकाे सेवाग्राहीको गुनासो छ ।
नेपालमा अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।