राताे मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइँदै

 भदौ २९, २०७७ सोमबार १७:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइँदैछ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यसपालि रथलाई तानिएको छैन । 

यसअघि गएकाे भदाै १८ गते रथ यात्राका क्रममा पुल्चोकमा स्थानीय युवा र प्रहरीबीच झडप भएपछि क्षमा पूजा गरेर साङ्केतिक रुपमा रथ तानिएको थियो । 

रातो मछिन्द्रनाथलाई बुङमती पुर्‍याउन ज्योतिषीले साेमबारकाे लागि शुभसाइत जुराएकाले राताे मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याउन लागिएको हो । 

बुङमती पुर्‍याएकाे चार दिनमा विशेष पूजाआजा गरी जात्रा सक्ने तयारी छ । कोरोनाकै कारण यसपालि नरिवल खसाल्ने र भोटो देखाउने जात्रा स्थगित गरिएको छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया