एसिड पीडितकाे न्यायकाे लागि पहल गरेकाे भन्दै अमिताभ बच्चनले दिए उज्ज्वल थापालाई बधाई

 भदौ २९, २०७७ सोमबार १७:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दाेषीलाई कारबाहीकाे लागि पहल गरेकाे भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् । 

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन् । अमिताभले ट्वीटमा लेखेका छन्, ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ ।’

साथै अमिताभले समाजसेवी थापालाई यस्तै राम्रो कामलाई निरन्तरता दिन शुभेच्छा प्रकट गरेका छन् ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया