रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस

 भदौ २९, २०७७ सोमबार १७:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । 

लिमिटेडले विज्ञप्ति निकालेर शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । 

लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गर्दै आवश्यक सबै कागजात पठाएको पनि जानकारी दिएको छ । 

५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरे पनि यी दुई कम्पनीले मल नल्याएको भन्दै कारबाहीका लागि कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको हो । यसअघि सम्झौताअनुसार

मल ल्याउन नसकेको भन्दै लिमिटेडले यी दुई कम्पनीसँगको सम्झौता खारेज भएको थियो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया