साेमबार काठमाण्डाैमा ४४० सहित उपत्यकामा ५१२ जनामा काेराेना सङ्क्रमण

 भदौ २९, २०७७ सोमबार १८:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय १२ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साेमबार काठमाण्डाैमा चार सय ४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएकाे हाे । 

त्यस्तै गएको २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय १२ सहित देशैभर एक हजार एक सय ७० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया