टिकटक प्रतिबन्धपछि भारतले त्यसको विकल्पमा नयाँ एप ल्याउँदै

 भदौ ३०, २०७७ मंगलबार १३:२७:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा निकै लोकप्रिय रहेको चिनियाँ एप टिकटक प्रतिबन्ध भएपछि अब युट्युब र फेसबुक पनि त्यसको विकल्प खोजिरहेका छन् । यद्यपि युट्युब यसको विकल्पको रुपमा ‘शर्ट्स’ नामको एप लन्च गर्न गइरहेको छ । 

यता फेसबुक पनि ‘लासो’ नामबाट यस्तै एक विकल्पको परीक्षण ब्रजिलमा गरिरहेको छ । युट्युबको नयाँ एप शर्ट्सको माध्यमबाट छोटो छोटो भिडियो बनाएर टिकटकमा जसरी नै अपलोड गर्न सकिन्छ । यसका युट्युबको लाइसेन्स प्राप्त गीतमा भिडियो बनाउन सकिन्छ । 

‘द इन्फर्मेशन’ को रिपोर्टअनुसार टिकटकमा जसरी अडियो र सङ्गीतको विकल्प हुन्छ, त्यसैगरी युट्युब शर्ट्समा पनि अडियो र सङ्गीतलाई लिएर कुनै कपिराइटको समस्या हुने छैन किनकि यसमा लाइसेन्स प्राप्त गीत–सङ्गीत नै हुनेछ । ट्वीटरमा आधिकारिक रुपमा नै यस खबरको पुष्टि गरिएको छ । 

पछिल्लो दुई वर्षमा टिकटकको लोकप्रियता भारतमा १२५ प्रतिशतभन्दा धेरै डाउनलोडका साथै भारतमा मात्रै करौडौँको सङ्ख्यामा प्रयोगकर्ता रहेका छन् । ‘द इनफर्मेशन’ को रिपोर्टअनुसार एप्पल र गुगलको एप स्टोरबाट टिकटक पछिल्लो एक वर्षमा ८४ करोड २० लाख पटक डाउनलोड भयो । अर्थात् एकै वर्षमा १५ प्रतिशतभन्दा धेरै वृद्धि देखियो ।  

युट्युबले यो प्रयोग पहिलो पटक गर्न लागेको होइन । उसले इन्स्टाग्राम स्टोरी जस्तै विशेषता युट्युब स्टोरीको रुपमा सुरु गर्यो, जसलाई हरेक महिना झण्डै दुई करोड नागरिक प्रयोग गर्छन् । यसैगरी फेसबुकले पनि टिकटक जस्तै आफ्नो एक भर्जन लासो को परीक्षण गरिरहेको हो । 

भारत र चीनबीच विवाद बढ्दै जाँदा केही महिना अघिमात्र भारतले टिकटससिहत एक सय ५० भन्दा बढी एपमा प्रतिबन्ध लगाएकाे थियाे ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया