काठमाण्डाै महानगरमा नयाँ जनप्रतिनिधि आएपछि १ सय १६ वटा न्याय...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – व्यवसायीहरुले कोभिड–१९ का कारण केरुङ नाकामा एक हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घमा आबद्ध व्यवसायीहरुले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालवस्तुसहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालवस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलाइदिन मन्त्री भट्टसमक्ष माग गर्नुभयो । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने अवस्था नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिनसमेत व्यवसायीहरुले माग गरेका छन् ।
त्यस्तै व्यवसायीहरूसँग मासिक भ्याट तथा राजस्व तिर्ने पैसासमेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन अध्यक्ष कटुवालले माग गर्नुभयो । व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताउनुभयो । पुनर्कर्जा उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग कुरा गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै केरुङ र तातोपानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उहाँले बताउनुभयो । लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पुँजीसमेत नभएकाले विना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् ।
कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनर्कर्जाको सुविधा आफूहरुले पनि पाउनुपर्ने माग व्यवसायीहरुको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।