आन्तरिक हवाई उडान, हाेटल तथा रेस्टुरेन्ट पनि असाेज १ देखि नै खुल्ने

 भदौ ३०, २०७७ मंगलबार १८:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । 

जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विमानमा यात्रुको सङ्ख्या सिट क्षमताको ५० प्रतिशत मात्रै राख्न पाइने छ । यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ । 

आउँदो कात्तिक १ गतेदेखि हिमाल आरोहण खोलेको तर त्यसका लागि बढीमा ७२ घण्टाअघिकाे पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया