करेन्ट लागेर दाङमा ३ बालबालिकाको ज्यान गयो

 भदौ ३०, २०७७ मंगलबार १९:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा करेन्ट लागेर तीन जना बालबालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १० काे उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा तीन जना बालबालिकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभएको छ ।

 तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया