विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा कोइराला नियुक्त, कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा

 भदौ ३०, २०७७ मंगलबार १९:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गर्नुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि मन्त्री पुनले वरिष्ठ उपकार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो । उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो ।

निमित्त प्रमुखमा नियुक्त हुनुभएका काेइराला

यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त प्रमुखको जिम्मेवारी दिने गर्नुभएको थियो ।

कुलमान नियुक्तिको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा

विद्युत् प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउन चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिनुभएको छ । तर ऊर्जा मन्त्रालयले भने कुलमानलाई दोहोर्‍याउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको जनाएको छ ।

'मन्त्रालयले घिसिङ नियुक्तिको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिसकेको छ, नियुक्त गर्ने/नगर्ने प्रधानमन्त्रीको हातमा छ', ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भन्नुभयो ।

कुलमानको नियुक्तिमा मन्त्री नै बाधक भन्ने हल्ला चले पनि मन्त्री पुनले भने कुलमानलाई नै नियुक्त गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गराइसकेको भट्टको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • सरोज

    Sept. 16, 2020, 6 a.m.

    ठिक गरेन !

  •  0 Reply
  • mann

    Sept. 15, 2020, 8:26 p.m.

    अब कति लुट्ने हो यसले कुलमान जि लाई निकाल्नु नै हाम्रो लागि दुर्दशा नै हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया