यूएई, बहराइन र इजरायलबीच सम्बन्ध सामान्य गर्न सम्झौता, नयाँ मध्यपूर्वको सुरुवात भएको अमेरिकाको प्रतिक्रिया

 भदौ ३१, २०७७ बुधबार ९:७:४५ | एजेन्सी
unn.prixa.net

इजरायलले संयुक्त अरब इमिरेट्स यूएई र बहराइनसँग सम्बन्ध सामान्य गर्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

ह्वाइट हाउसमा तीनवटै देशकाबीचमा हस्ताक्षर भएको हो । यो सम्झौतापछि अमेरिकाले नयाँ मध्यपूर्वको सुरुवात भएको प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ मध्यपूर्वको सुरुवात भएको भन्दै प्रशंसा गर्नुभएको हो ।

उहाँले अरु देशलाई पनि सम्झौताको बाटोमा आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । तीन देशले पनि सम्झौतालाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि सम्झौतालाई ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ ।

ट्रम्प प्रशासनका लागि खाडी देश र इजरायलबीच भएको यो सम्झौतालाई कूटनीतिक सफलताका रुपमा लिइएको छ । सन् १९४८ मा इजरायल स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने यूएई र बहराइन तेस्रो र चौथो खाडी देश हुन् ।

ट्रम्पले अरु देशलाई पनि सम्झौताको बाटोमा आउन सुझाव दिनुभएको छ । तर प्यालेस्टाइनले भने आफूहरुको युद्ध समाधान नभएसम्म इजरायलसँगको सम्झौताको पक्षमा नरहेको बताएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया