अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
रसुवा – रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान र प्रसारण लाइन निर्माणको काम ठप्प भएको छ ।
उपकरण जोड्ने र प्रसारण लाइन निर्माण गर्ने कामदार नहुँदा गएको चैत ८ गतेदेखि निर्माण कार्य ठप्प भएको हो । भारतीय कामदार फर्कन नपाउँदा समस्या भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रोले गएको चैत ८ गतेदेखि नै काम गरेको छैन ।
नेपालमा भन्दा पहिला भारतमा लकडाउन भएको र नेपालमा पनि हुने भएपछि भारतीय टोली चैत ८ गते नै आफ्नो देश फर्किएको थियो । अहिले भोइठ हाइड्रोले ३२ जना भारतीय र ३८ जना नेपाली कामदारको सूची आयोजनालाई बुझाएको छ । आयोजनाले गएको साउन अन्तिममा भारतीय चार जनाको सूची उर्जा मन्त्रालयमा पठाएको भएपनि त्यो अझै स्वीकृत भएको छैन ।
उपकरण तथा निर्माणको सामग्री भने आइसकेको छ । अहिले २२ जना चिनियाँ कामदार र आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको ४ जना (भारतीय) व्यवस्थापक आउन लागेको भएपनि स्वीकृत नभएका कारण समस्या आएको आयोजना प्रमुख छबि गैरेले बताउनुभयो ।
आयोजनामा अहिले सिभिलतर्फ ३ सय ७९ नेपाली र ८८ जना चिनियाँ कामदार रहेका छन् । लकडाउनको समयमा पनि आयोजनामा ७ सय नेपाली र १ सय ७६ चिनियाँ कामदार रहेका थिए । २०७० माघदेखि निर्माण भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।