अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिस्इन्फेक्शन (निर्मलीकरण) गर्ने मेसिन बजारमा आएको छ ।
बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरु पनि डिस्इन्फेक्शन गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेतत चस्मा, घडी र अन्य कपडाहरु डिस्इन्फेक्शन गर्न सकिने बताउनुभयो । ३० सेकेण्डदेखि चार मिनेटसम्ममा कुनै पनि सामान डिस्इन्फेक्शन गर्न सकिने उहाँले बताउनुभयो ।
न्युरोडमा रहेको कुमारी बैंकमा मेसिनको परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसालगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिस्इन्फेक्शन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।