कोरोनाका कारण विदेशी उपकरण र प्राविधिक नेपाल आउन पाएनन्

विदेशी लगानीमा निर्माण हुने सडकको काम ठप्प

 भदौ ३१, २०७७ बुधबार १४:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा वैदेशिक सहयोगबाट बनिरहेका सबैजसो सडकको काम कोरोना भाइरसको महामारीका कारण ठप्प रहेको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग बाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । कोरोनाकै कारण निर्माणाधीन योजनासँगै निर्माण सुरु गर्ने भनिएका आयोजनाकाे समेत तत्काल काम हुने अवस्था छैन ।

नारायणगढ–बुटवल, बुटवल–पोखरा सडक विस्तार, नागढुङ्गा–मुग्लिन सडक र त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेँसी सडकलगायतका आयोजनामा कोरोनाको प्रभाव देखिएको छ ।

कोरोनाका कारण विदेशी उपकरण र जनशक्ति नेपाल आउन पाएका छैनन् । कतिपय आयोजनामा निर्माण ठप्प र कतिपय निकै सुस्त गतीमा काम भइरहेको सडक विभागका सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।

काठमाण्डौको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारको लागि चिनियाँ टोली पनि आइसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले जडीबुटी र नयाँ बानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भए पनि कोरोनाकाे कारण देखाएर जापानी टोली आएको छैन ।   

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया