अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – ग्यापु डट कमले दशैँलाई लक्षित गरेर लोकल खसी, कुखुरा र हाँस होम डेलिभरी गर्ने भएको छ ।
बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरी उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताउनुभयो । ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ ।
‘अधिकांश मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्, हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौँ’, खड्काले भन्नुभयो ।
दशैँमा उपत्यकामा तीन हजार खसी बेच्ने उद्देश्यले ग्यापुले खसीको प्रि–बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिले नै खसी घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताउनुभयो ।
होम डेलिभरी सेवा भरपर्दाे भएकोले समन्वय गरी काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी बताउनुहुन्छ ।
ग्राहकले सामान खरिद गर्दा फोन पे, कनेक्ट आईपीएस, सेल पे, ई–सेवा, खल्ती, आईएमई पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधासमेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।
लकडाउनकै अवधिमा स्थापना भएको ग्यापुले छोटो समयमै ५० जनालाई रोजगारी दिन सफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।