प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि...

 भदौ ३१, २०७७ बुधबार १५:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुई/चार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।

अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै बजार अनुगमनमा जानुभयो । 

मास्क लगाएर भिडभाड विना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगे । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किन्नुभयो । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिर्नुभयो । उहाँले चार वटा पसलबाट प्याज किन्नुभयो तर सबै व्यापारीले ठगे ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनुभयो र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिनुभयो । धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरुलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया