यी नाै उद्योगका स्यानिटाइर प्रयोग गर्नु घातक

 असोज १, २०७७ बिहीबार १३:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – औषधि व्यवस्था विभागले गुणस्तरहीन नौ वटा उद्योगका स्यानिटाइटर प्रयोग नगर्न आग्रह गरेको छ । मान्छेको ज्यानै लिन सक्ने मिथानोल पदार्थ मिसाएका स्यानिटाइजर बिक्री वितरण भएको पाइएको भन्दै विभागले उपभोक्तालाई सचेत हुन पनि आग्रह गरेको छ ।

कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको यकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले आग्रह गर्नुभयो । 

याे पनि पढ्नुहाेस्

उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । विभागले नौ वटा कम्पनीका स्यानिटाइजरलाई प्रतिबन्ध लगाउँदै प्रयोग नगर्न उपभोक्तालाई सचेत बनाएको छ । विभागले निम्न उद्योगका स्यानिजाइजरलाई प्रतिबन्ध लगाएको छ–     

- चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन
- सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
- आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
- श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौँले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर
- भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर
- हाइजिन सोप एन्ड केमिकल प्राली काठमाण्डौको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल
- आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर
- सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल
- सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया