वामदेव गाैतमद्वारा शपथ ग्रहण

'राष्ट्रिय सभाकाे गरिमा र प्रतिष्ठा बढाउने बाहेक अरु लक्ष्य छैन'

 असोज १, २०७७ बिहिबार १७:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका गौतमले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । गाैतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको सङ्कल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।

फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा मनोनयनका लागि गएकाे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्दियामा पराजित हुनुभएको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया