नेपालको झण्डा अङ्कित दुई वटा रेल आज जनकपुर आउँदै

 असोज २, २०७७ शुक्रबार ६:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै छ ।

भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ । 

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । 

रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Rajendra

    Sept. 20, 2020, 8:02 p.m.

    जयनगर भन्दा पनि नेपालवाट दिल्ली पो हुनुपर्ने हो /

  •  0 Reply
  • RaiOn HaanG Rai

    Sept. 18, 2020, 1:16 p.m.

    रेल जनकपुर सम्म आएर के गर्नु र खोइ.... यो रेलले त नेपाली बुहारीहरुलाई माइत छोड्न र भारतीय ज्वाईंहरुलाई भारत घरतिरै फर्किन मात्र काम लाग्ने भो.......😪😥😢☹🙁 फेरी जयनगर त्यस्तो नेपाली जनजिब्रोमा बसेको चर्चित ठाउँ पनि होइन कि घरि घरि त्यहाँ रेल चढी जान मन लागिरहोस......😀😃😄😁😆🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया