युरोपेली देशमा गएकाे दुई हप्तामा दोब्बरले बढ्यो कोरोना सङ्क्रमण

 असोज २, २०७७ शुक्रबार ७:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्दै गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताउनु भएको छ । उहाँले युरोपेली देशका लागि कठिन घडी आएको बताएका बीबीसीले जनाएको छ । उहाँले दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएका बताउनु भएको छ ।

यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड नाघेको छ । यसमध्ये दुई करोड २० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया