नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

 असोज २, २०७७ शुक्रबार ८:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया