अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेका बेला अब भने अलैंचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।
अब नेपालमा उत्पादित केही हिस्सा अलैंचीलाई आउँदो मङ्सिरदेखि नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड रुपैयाँ लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैंचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ ।
उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैंची, मझौला अलैंची, सानो अलैंची र सामान्य अलैंचीका रूपमा उद्योगले खरीद गर्नेछ । यस्तै, अलैंची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैंचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैंचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।
'हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैंचीको सानो दाना मिसाएर बनाउछौँ', सञ्चालक भट्टराईले भन्नुभयो, 'यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।' अहिलेसम्म अलैंचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्थ्यो । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैंचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको विश्वास छ ।
उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ । मुख्यगरी अलैंचीजन्य पदार्थको बजार नेपालमै केन्द्रीत गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली देश र अमेरिका हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।