एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन सकेन

 असोज २, २०७७ शुक्रबार ९:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा खाद्यान्न अभाव हुन थालेको छ । सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको हो  ।

उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताउनुभयो  ।

स्थानीय उत्पादनले नपुग्ने उपल्लो डोल्पामा एक वर्षदेखि चामल पठाउन नसकिएको उहाँले बताउनुभयो । उपल्लो डोल्पाका स्थानीय बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ।

दुवै डिपोबाट तीन हजार क्वीन्टल चामल बिक्री हुँदै आएको थियो तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्तो छ । गएको वर्ष उपल्लो डोल्पाका स्थानीय बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए । यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे-फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया