चल्न थाले विद्युतीय मिनी बस

 असोज २, २०७७ शुक्रबार १२:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा लामो दूरीका विद्युतीय मिनी बस चल्न थालेका छन् । 

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाण्डौबाट रामेछापको सदरमुकाम मन्थलीसम्म विद्युतीय मिनी बस सञ्चालनमा ल्याएको हो । 

कोटेश्वरबाट आज दुई वटा मिनी बस मन्थलीका लागि छुटेका छन् । २० सीट क्षमताका यी मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट नेपाल ल्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको  इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोबाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन् ।

गाडीको अधिकतम गति ११० किलोमिटर प्रतिघण्टा रहेको उहाँले जानकारी दिनुभयो । बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईँले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भएर आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताउनुभयो  ।
 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया