डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकासँग माग

 असोज २, २०७७ शुक्रबार १२:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल चिकित्सक सङ्घले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । 

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै सङ्घले गएको सोमबारदेखि जुम्लामा १९ औँ सत्याग्रह थाल्नुभएका केसीको जीवन रक्षा गर्न माग गरेको हो । 

चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. केसीले गएको पाँच दिनदेखि सत्याग्रहमा बस्नुभएको सम्बन्धमा सरकारको ध्यान नगएको भन्दै सङ्घले आपत्ति पनि जनाएको छ । 

६० वर्ष पूरा भइसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दा पनि सरकारको तर्फबाट सम्झौताको कार्यान्वयन नहुँदा सत्याग्रहमा बस्नुपरेको चिकित्सक सङ्घले बताएको छ । 

‘सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया