अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
धनुषा – नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेकाे छ । एउटा इन्जिन र चार वटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे जनकपुर आइपुगेकाे रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकमार्फत जानकारी दिनुभएकाे छ ।
नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसाे जनकपुर आइपुगेको हो, रेलकाे भव्य स्वागत गर्दै जनकपुरमा हस्तान्तरण गर्ने तयारी छ ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेकाे हाे ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।
जनकपुरमा रेल आइपुगेपछि अहिले त्यहाँ ठूलाे भिड देखिएकाे छ । फाेटाे खिच्नेदेखि भिडियाे लिनेसम्मकाे ठूलाे उपस्थिति देख्न सकिन्छ ।
तस्बिर : रेल विभागका निर्देशक बलराम मिश्रकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजन सुबेदी
Sept. 18, 2020, 5:21 p.m.अनि हामी नेपाली हरु चही नेपाल बाट रेल चडेर बिहार को जयनगर के गर्न जाने हो?