एकैदिन २ हजारभन्दा बढीमा काेराेना सङ्क्रमण

 असोज २, २०७७ शुक्रबार १६:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेकाे छ । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाकाे पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।  

अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया