अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले कोरोना महामारीका बीच पनि परिवार नियोजनका सेवाहरु नियमित रहेकोले ढुक्क भएर सेवा लिन आग्रह गरेको छ ।
नेपालमा लकडाउन सुरु भएको चैत महिनामा केही ठाउँका सेवाहरुमा समस्या आएको भए पनि अहिले सबै स्वास्थ्य संस्थाबाट यसअघिका परिवार नियोजनसम्बन्धी सेवाहरु सुरु भएको परिवार कल्याण महाशाखाकी प्रमुख कविता अर्यालले जानकारी दिनुभयो ।
उहाँले अहिले नेपालमा सरकारले परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु निःशुल्क उपलब्ध गराइरहेको र कोरोनाकाे सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका साथ सेवा प्रवाह भइरहेको भन्दै सेवा लिन आग्रह गर्नुभयो । जनसङ्ख्या नियन्त्रणको उद्देश्यले सुरु भएको परिवार नियोजन सेवा अहिले महिलाहरुको प्रजनन अधिकारका रुपमा पनि स्थापित भएको भन्दै प्रमुख अर्यालले अनिच्छित गर्भधारण रोक्न परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने बताउनुभयो ।
अहिले पनि नेपालमा कुल गर्भधारणको ४५ प्रतिशत गर्भधारण अनिच्छित रहेको र लकडाउन तथा निषेधाज्ञाका कारण यो सङ्ख्या अझै बढ्ने सम्भावना रहेको अर्यालले बताउनुभयो । कतिपय मानिस विदेशबाट फर्किएर घरमा बसेको, लकडाउनका कारण परिवार नियोजनका सेवा लिन जान नसकेको लगायतका कारण अनिच्छित गर्भधारण बढ्ने भन्दै उहाँले श्रीमान्, श्रीमतीको सल्लाहमा परिवार नियोजनका साधन प्रयोग गर्न आग्रह गर्नुभयो ।
शुक्रबार नेपालमा कोभिड १९ को अबस्था, गुणस्तरीय परिवार नियोजन सेवाको निरन्तरता भन्ने नाराका साथ सातौँ परिवार नियोजन दिवस मनाइँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।