अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आफूले जुनसुकै बेला मास्क लगाउने गरेको बताउनुभएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङकाे समयमा मास्क नलगाएको भनी प्रतिक्रिया आएको भन्दै डा. गौतमले प्रेस ब्रिफिङ बाहेकको समयमा आफूलाई कसैले पनि मास्क विना नभेट्ने बताउनुभयो ।
प्रेस ब्रिफिङका लागि भएको संरचना सुरक्षित रहेको र यस बाहेक आफूले नियमित मास्क लगाउने, दुरी कायम गर्ने र हात धुने गरेकै कारण चार पटक नजिकको कन्ट्याक्ट ट्रेसिङमा पर्दा पनि आफूलाई कोरोना भाइरसकाे सङ्क्रमण नभएको उहाँले दाबी गर्नुभयो ।
दुरी कायम, मास्कको प्रयोग र बेलाबेलामा हात धुने गर्दा मात्रै पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने भएकोले स्वास्थ्यमा मापदण्ड अपनाएर आफ्ना पेसा व्यवसाय सञ्चालन गर्न प्रवक्ता गाैतमले आग्रह गर्नुभएकाे छ ।
उहाँले कोरोना केही पनि होइन भन्ने सोचेर जथाभाबी नगर्न आग्रह गर्दै आफूलाई सङ्क्रमण हुनबाट जोगाउनु नै सबैभन्दा बुद्धिमानी हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।