भारतीय एप 'पेटीएम' गुगलले प्ले स्टोरबाट हटायो

 असोज २, २०७७ शुक्रबार १९:१४:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – गुगलले प्ले स्टोरबाट भारतीय एप पेटीएम हटाएको छ । पेटीएमले अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको गुगलले बताएको छ ।  

पेटीएम भारतको एक प्रमुख एप हो र यो महिनासम्ममा पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ । 

‘अनलाइन जुवा र अरु अनियमित ग्याम्बलिङ एप, जसले सट्टाबाजीलाई बढावा दिन्छ, तिनलाई प्ले स्टोरले रोक्छ र पेटीएमले लगातार प्ले स्टोरको नीतिको उल्लङ्घन गरिरहेको छ’, गुगलले भनेको छ ।  

गुगलकी भाइस प्रेसिडेन्ट सुजेन फ्रेले गुगल प्ले ग्राहकलाई एक सुरक्षित महसुस गराउस सकियोस् भनेर बनाइएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसले विकासकर्तालाई दिगो व्यापारको अवसर प्रदान गर्दछ । तर हाम्रा नीतिहरुको पनि ख्याल गर्नुपर्छ ।’

तर पेटीएमले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा गुगल प्ले स्टोरमा नयाँ डाउनलोड र अपडेट्सका कारण एप उपलब्ध नभएको जनाएको छ । पेटीएमले एप चाँडै पुरानै अवस्थामा फर्किने र सबैको पैसा सुरक्षित रहेको जनाएको छ । 

नोभेम्बर २०१६ मा भारतमा नोटबन्दीको घोषणा हुँदा त्यो बेला पेटीएमको व्यापार अप्रत्याशित रुपमा माथि उठेको थियो । 

सन् २०१० मा यो कम्पनीको सुरुवात नगदरहित लेनदेनको विकल्पको रुपमा भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया