आन्तरिक जहाज पूर्ण सिट क्षमतामा उड्न पाउने, मन्त्रालयले दियो अनुमति

 असोज २, २०७७ शुक्रबार १९:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ ।

यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज नै नउडाउने निर्णय गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रालयकाे याे प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले अनुमति दिएकाे थियाे । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् । 

'२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ', मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया