अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले बाढी पहिराे जानुकाे मुख्य कारण अव्यवस्थित रुपमा सडक खन्नु रहेकाे बताउनुभएकाे छ । प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
'बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरीत सडक बाटो खोल्नु हाे । त्यसको नियन्त्रणका लागि मापदण्ड अझ बढी कडा बनाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ', उहाँले भन्नुभयाे ।
गृहमन्त्री थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिनायता ४९ जिल्लामा तीन सय ३९ जनाले ज्यान गुमाएको बताउनुभएको छ । गएकाे वर्षभन्दा याे वर्ष कम क्षति भएकाे उहाँले जानकारी गराउनुभयाे । उहाँले प्रकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो ।
प्राकृतिक प्रकोपका कारण दुई सय ५८ जना घाइते भएका छन् भने चार सय ८२ घर पूर्णरुपमा क्षति भएको छ । प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद् जोखिम व्यवस्थापन कोष’ बाट पाँच करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताउनुभयो ।
प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका लागि गृह मन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि मन्त्री थापाले बताउनुभयो ।
उहाँले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीतिअनुसार काम गरिएको पनि स्पस्ट पार्नुभयो । जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइए पनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।