अङ्गरक्षकमा कोरोना देखिएपछि ऊर्जामन्त्री पुन क्वरेण्टीनमा

 असोज २, २०७७ शुक्रबार २०:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम क्वरेण्टीनमा बस्नुभएको छ ।

शुक्रबार बिहान मन्त्री पुनको सचिवालयका ३० जनामा पीसीआर परीक्षण गर्दा एक जना अङ्गरक्षकलाई कोरोना भाइरसकाे सङ्क्रमण देखिएपछि मन्त्री पुन ललितपुरको मन्त्री निवासकै क्वरेण्टीनमा बस्नुभएको हो । उहाँ पाँच दिनसम्म क्वेण्टीनमा बस्ने र पाँचौँ दिनमा अर्को परीक्षण हुने मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।  

परीक्षण गरिएका ३० जनामध्ये मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया