हामी प्ले स्टोरमा फर्कियौँ : पेटीएम

 असोज २, २०७७ शुक्रबार २०:१९:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – गुगलले प्ले स्टोरबाट हटाएको केही घण्टामा नै भारतीय एप पेटीएम फेरि पहिलेकै अवस्थामा फर्किएको छ । पेटीएमले ट्वीट गर्दै प्ले आफू स्टोरमा फर्किएको जानकारी दिएको हो । 

यसअघि भारतीय एप पेटीएमले अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको भन्दै गुगलले प्ले स्टोरबाट हटाएको बताएको थियो ।  

पेटीएम भारतको एक प्रमुख एप हो र यो महिनासम्ममा पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ । 

नोभेम्बर २०१६ मा भारतमा नोटबन्दीको घोषणा हुँदा त्यो बेला पेटीएमको व्यापार अप्रत्याशित रुपमा माथि उठेको थियो । 

सन् २०१० मा यो कम्पनीको सुरुवात नगदरहित लेनदेनको विकल्पको रुपमा भएको थियो ।   

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया