वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा मेघगर्जनसहित वर्षा

 असोज ३, २०७७ शनिबार ७:४२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी परेको छ ।

अहिले वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी परिरहेको पनि उहाँले बताउनुभयो । दिउँसोको समयमा पनि  वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज देशका अन्य क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । मनसुनी प्रणाली सक्रिय भएका कारण अहिले काठमाण्डौ उपत्यकालगायत देशका सबैजसो ठाउँमा मौसम बद्ली भएको छ । मनसुन सक्रिय रहेकाले एक/दुई दिन देशभरको मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया