सु-प्रसिद्ध प्रबल जनसेवा मानपदवी डा. सन्दुक रुइतलाई (विभूषित हुने सबैको नामावली)

 असोज ३, २०७७ शनिबार ८:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नुभएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा. सन्दुक रुइतलाई दिइएको छ । यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु-प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् । 

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १०, २०७७

तपाईको प्रतिक्रिया