कलंकीमा डिभाइडरमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

 असोज ३, २०७७ शनिबार ८:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको कलंकीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा काठमाण्डौ मनमैजुकी २१ वर्षकी सन्जु भुजुको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । भुजुको उपचारमा क्रममा कलंकीको शहीद मेमोरियल अस्पतालमा ज्यान गएको हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया