मेरो पक्षमा सडक आन्दोलन नगरि दिनुहोला : कुलमान घिसिङ

 असोज ३, २०७७ शनिबार १०:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक आन्दोलन नगरि दिन आग्रह गर्नुभएको छ । 

आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङको भनाइ छ  ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मसाथ गर्नैपर्ने बताउनुभयो । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने उहाँको विश्वास छ ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि दिनुहुन सबैलाई घिसिङले अनुरोध गर्नुभएको छ  । 

 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया