ललितपुरमा ४ जना कोरोना सङ्क्रमितको ज्यान गयो

 असोज ३, २०७७ शनिबार १३:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा हिजो बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९४ पुगेको छ । अहिलेसम्म ८ लाख ९४ हजारको पीसीआर परीक्षण हुँदा ६१ हजार ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ४३ हजार ८ सय २० जना निको भएका छन् भने १७ हजार ३ सय ८३ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०७७

तपाईको प्रतिक्रिया