भारतमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८५ हजार नाघ्याे

 असोज ३, २०७७ शनिबार १९:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट ८५ हजार ६ सय ५० जनाको ज्यान गएको हाे । भारतमा कुल सङ्क्रमितको संख्या ५३ लाख १२ हजार पाँच सय नाघेको वल्डाेमिटरले जनाएको छ ।  

चीनले लगभग नियन्त्रणमा लिइसकेको भए पनि अहिले काेराेना विश्वका अरु देशमा तीब्र गतिमा फैलिइरहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिकामा ६९ लाख २८ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण हुँदा दुई लाख तीन हजार एक सय भन्दा धेरेको ज्यान गएको छ ।

दोस्राे प्रभावितमा भारत छ भने तेस्राेमा रहेको ब्राजिलमा ४४ लाख ९७ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ३५ हजार आठ सय भन्दा धेरेको ज्यान गएको छ । अहिलेसम्म विश्वका ४० वटा देशमा चीनको भन्दा धेरै सङ्क्रमित भएका छन् । २९ वटा देशमा चीनको भन्दा धेरैको ज्यान गएको छ ।

विश्वका ५६ वटा देशमा ५० हजार भन्दा धेरै सङ्क्रमित पुगेका छन् । विश्वका १० वटा देशले कोरोनाको सक्रिय सङ्क्रमित संख्या शून्यमा झारेर कोरोना मुक्त भैसकेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया