नेकपाको सचिवालय बैठक आज

 असोज ४, २०७७ आइतबार ८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बोलाइएको छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी छ ।


 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया