अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।
झण्डै ४२ लाख लिटर पानी भर्न बाँकी
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीमा आइतबारसम्म पानी भरिसक्ने योजना थियो तर पानीपोखरीमा रहेको ट्याङ्कीमा जम्मा गरेको पानी सकिएपछि अझै केही दिन लाग्ने भएको छ ।
प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आउनुभएका राजुमान मानन्धरका अनुसार अहिले चार फिटभन्दा धेरै पानी भरिएपछि रानीपोखरीले पुनर्जीवन पाएको छ । उहाँले भन्नुभयो, ‘रानीपोखरीमा पूरै पानी भर्ने गरी पानी खसाल्न सुरु गरिएको थियो तर पानीपोखरीमा रहेको ट्याङ्कीमा पानी सकिएकाले अहिले पानी बन्द भएको छ ।’
पानीपोखरीको ट्याङ्कीकाे क्षमता ७५ लाख लिटर हो । रानीपोखरीमा आवश्यक पर्ने बाँकी ४०/४२ लाख लिटर पानी ट्याङ्कीमा जम्मा गरेर फेरि खसालिनेछ । पोखरीमा चीन करोड २२ लाख लिटर पानी आवश्यक पर्ने अनुमान छ । रानीपोखरीमा पानी अड्याउन मिल्ने गरी झण्डै १० करोडमा उपभोक्ता समितिले काम गरेको हो ।
माछा र हाँस राखिने
२०७२ सालमा भूकम्पले भत्किएको रानीपोखरी साढे पाँच वर्षपछि पुनर्निर्माण भएको हो । मल्ल राजा प्रताप मल्लले १७२७ सालमा अहिलेको काठमाण्डाै महानगरपालिका ३१ मा रानीपोखरी बनाएको मानिन्छ । रानीपोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसअघि रानीपोखरी पुनर्निर्माणको काम सुरु हुँदै गर्दा २०७३ साल वैशाखमा रानीपोखरीका माछा र हाँस टौदह, कमलपोखरी, बालाजु लगिएको थियो । रानीपोखरीबाट पहिलो पटक माछा र हाँसलाई सारिएको थियो ।
रानीपोखरीमा पानी भरिएपछि माछा, हाँस राखिने भएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आउनुभएका मानन्धरले भन्नुभयो, ‘पहिलाकै माछा, हाँस ल्याउनुपर्छ भन्ने छैन, कमलपोखरी, टौदहका पनि ल्याउन सकिन्छ, जहाँको भए पनि माछा र हाँस राखिनेछ ।’
बालगोपालेश्वरको काम ९९ प्रतिशत
रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ । मन्दिर अहिले पनि पुनर्निर्माणकै चरणमा छ । मन्दिरको पनि झण्डै ९९ प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ । अहिले मन्दिर वरपर सफा गर्ने, गजुर र बत्ती राख्ने काम भइरहेको छ । रानीपोखरीमा बिजुली जोडेर झिलिमिली बनाइनेछ । वरपर हरियाली पनि बनाइएको छ ।
अब रानीपोखरी र मन्दिर पुग्न प्रवेश गेट बनाउन बाँकी रहेको मानन्धरले बताउनुभयो । सीएम तुलसी कन्स्ट्रक्शन जेभीले मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्शन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरीबाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।
राष्ट्रपतिले उद्घाटन गर्ने
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी परिसरबाट भूकम्पपछिको पुनर्निर्माण अभियानको सुरुवात गर्नुभएको थियो । तर विवादका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो । त्यसपछि २०७५ मा उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको काम थालिएको थियो ।
यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन । प्राधिकरणले दोस्रो पटक शनिबार संविधान दिवसका अवसरमा रानीपोखरी उद्घाटन गर्ने तयारी गरे पनि उद्घाटन हुन सकेन । अब रानीपोखरीको सबै काम सकेर राष्ट्रपतिले उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ ।
तस्बिर : विकास तामाङ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।