हेलो सरकार फेरि सक्रिय, बिहान ७ देखि साँझ ७ बजेसम्म गुनासो सम्बोधन गरिने

 असोज ४, २०७७ आइतबार १५:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारी सेवा प्रवाहमा भएका कमजोरीबारे गुनासो सुन्ने र समाधान गर्ने निकाय हेलो सरकार फेरि सक्रिय भएको छ ।

संविधान दिवसको दिन अर्थात् असोज ३ गतेदेखि हेलाे सरकारले बिहान सात बजेदेखि राति सात बजेसम्म नागरिकका गुनासा सुनेर समाधान गर्ने भएको हो ।

टेलिफोन नम्बर ११११ वा हेलाे सरकारको फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा बिहान सातदेखि साँझ सात बजेसम्म गुनासा टिपाउन सकिने र त्यसको समाधान खोजिने हेलाे सरकारले जनाएको छ । 

अन्तिम अपडेट: असोज ५, २०७७

तपाईको प्रतिक्रिया