यस पटकको मदन पुरस्कार 'महारानी' उपन्यासलाई, जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई

 असोज ४, २०७७ आइतबार १५:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यस्तै वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ । विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीतमा याेगदान पुर्‍याएकाे भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिइने निर्णय भएकाे हाे । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया