बहराइनको टोलीलाई मनास्लु आरोहणको अनुमति, १९ लाख रुपैयाँ रोयल्टी सङ्कलन

 असोज ६, २०७७ मंगलबार १७:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाकाे टाेलीले मनास्लु हिमाल आरोहणको अनुमति पाएकाे छ । बहराइनका १५ जना र बेलायतका तीन जना गरी १८ जनाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अनुमति पाएको पर्यटन विभागले जनाएको छ । 

‘एउटै टिममा १५ जनाभन्दा धेरैलाई अनुमति दिन नमिल्ने भएकाले नौ÷नौ जनाको दरले दुई टिम बनाएर उहाँहरुले अनुमति पाउनुभएको छ, अब उहाँहरु आरोहणको लागि योग्य हुनहुुन्छ’, विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले उज्यालो अनलाइनसँग भन्नुभयो । 

उनीहरुबाट १६ हजार दुई सय डलर अर्थात् १८ लाख ९७ हजार रुपैयाँभन्दा धेरै रोयल्टी सङ्कलन भएको पनि उहाँले बताउनुभयो । 

सात दिन क्वरेण्टीनमा बस्नैपर्ने नियमअनुसार भदौ ३१ गते बुधबार नेपाल आएको टोलीले सात दिनको क्वरेण्टीन बसाइ पनि पूरा गरेको छ । 

उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले अनुमति दिइएको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।  

काेराेना भाइरसकाे कारण नेपालमा लगाइएकाे लकडाउनपछि हिमाल आराेहण गर्न आउने याे पहिलाे विदेशी टाेली हाे । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया