अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे सामाजिक सञ्जालमा भिडियाे भाइरल भएकाेप्रति ध्यानाकर्षण भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।
मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ । 'कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकाेमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा भनिएकाे छ ।
गर्मीका कारण ती व्यक्तिकाे शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालले जनाएकाे छ ।
‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो होइन' विज्ञप्तिमा भनिएकाे छ, 'प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको र त्यसपछि सेनाले शव व्यवस्थापन गर्ने छ ।'
साथै अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएकाे, चाेटपटक लागेकाे, घाँटी काटिएकाे जस्ता भ्रामक प्रचार भएकाे भन्दै अस्पताल प्रशासनले त्यसमा यथार्थता नभएकाे जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दिपक
Sept. 22, 2020, 8:43 p.m.दिनभरी केही नबोल्ने अस्पताल प्रशासन अब खेल्ने चाला गरेको मात्रै हो,भित्र साँठगाँठ मिलिसके जस्तो छ.....होसियार.....