अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो ।
तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
सामान्यतया जुन १० तारिखमा भारतबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गर्छ । अनि मध्यक्षेत्र हुँदै पश्चिम पुगेर सेम्टेम्बर २३ मा पश्चिमबाट मध्यक्षेत्र हुँदै फेरि पूर्वबाट नै बाहिरिन्छ । तर यो वर्ष भारतमा नै मनसुन नसकिएकाले नेपालमा अझै केही दिन लम्बिने देखिएको छ ।
यो वर्ष दुई दिन ढिला गरेर मनसुन नेपाल भित्रिएको हो । यस वर्षको मनसुनमा धेरै ठाउँमा औषतभन्दा बढी पानी परेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले पर्सि शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम छ ।
अहिले पनि देशभरिकै मौसम बद्ली रही धेरै ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् कँडेलकाअनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।
पर्सि शुक्रबारसम्म नै धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसैबीच हिजो दिउँसोदेखि नै धेरै ठाउँमा पानी परेपछि देशका सबै नदीमा ठूलो बाढी आउँने भएकाले आउँदो आइतबारसम्म नै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।