अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
नवलपरासी - नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । छ जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा विश्वकर्मा मन्दिर नजिक पहिरो खसेपछि बस पल्टिँदा घाइते भएका रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० का २५ वर्षका हरिषचन्द्र केसीको पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यसैबीच दाउन्नेमा पहिरो खसेपछि राजमार्गमा एकतर्फीरुपमा गाडी चलिरहेको छ । हिजो बिहान खसेको पहिरो हटाए पनि राति फेरि पहिरो खसेपछि अहिले एकतर्फी आलोपालो गरि गाडी चलिरहेका प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।